विमलेन्द्र निधि भन्छन्, प्रधानमन्त्रीज्यू यो वा त्यो बहाना बनाएर बालुवाटार किन्‍नेलाई नजोगाउनुस्

काठमाडौँ ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्‍न यो वा त्यो बहाना बनाएर बालुवाटारको जग्गा किन्‍नेलाई जोगाउन नहुने बताएका छन् ।

निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सरकारी आवास बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउनेलाई जोगाउन लागेको आरोप लगाएका हुन् ।

ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उनले ललिता निवास (बालुवाटारको जग्गा) काण्ड यो वा त्यो बहाना बनाएर, देखाएर टार्ने कुरा भइरहेको छु उनले भने, प्रधानमन्त्रीबाट पहिले पनि भएका थिए भनेर टार्ने काम नहोस्, जोसुकै संलग्‍न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही होस् ।

ललिता निवासको जग्गा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले छोरा नवीनको नाममा किनेको खुलासा भएको थियो। जसको अहिले चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्री बोलेर बाहिरिइसकेपछि बोलेका निधिले सरकारको चर्को आलोचना गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...