प्रधानमन्त्रीलाई राजेन्द्र महतोको प्रश्न, नाराले मात्रै देश समृद्ध हुने हो र ?

काठमाडौँ । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन् ।

ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा नेता महतोले सो करा बताएका हुन् । ‘लाखौँ जनशक्ति कामका लागि विदेशिएको छ । यसैलाई उपलब्धि मान्‍नुपर्ने अवस्था आएको छ ।’

मुलुकमा उद्योग नखुली रोजगारी सिर्जना नहुने बताउँदै उनले त्यसबाट श्रमिकलाई घाटा पर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीतर्फ हेर्दै महतोले भने, ‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्‍ने गर्नुहुन्छ, ‘सुखी नेपाली समृद्ध नेपाल’, यो नाराले मात्रै देश समृद्ध हुने हो र ?’

महतोले नेपाली श्रमिक विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको बताए । उनले ठूला कम्पनी बाहिर गइरहेको बताउँदै उद्योग पनि नखुलेको जिकिर गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...