श्रीमतिको हत्या पछि कर्तव्य ज्यान मुद्दाको सजाय सुनाउदा कैदी तामाङले गरे आत्महत्या

दोलखा । दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातालका ३८ वर्षीय तस्विर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

श्रीमतीको हत्या अभियोगमा कैद सजय तोकेको भोलिपल्टै एक कैदीले कारागारभित्रै आत्महत्या गरेका छन् ।

गत २०७५ मंसिर १० गते घरायसी विवादमा दाउराको चिर्पटले हिर्काएर ३३ वर्षीया श्रीमती राममाया तामाङको हत्या गरेका तस्विर तामाङलाई जिल्ला अदालत दोलखाले सोमवारमात्र कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय सुनाएको थियो ।

श्रीमतीको हत्या गरी फरार रहेका तस्विरलाई प्रहरीले मंसिर १२ गते रामेछापको मन्थलीबाट पक्राउ गरी ल्याएको थियो भने पुस ५ गते उनलाई पुर्पक्षको लागि चरिकोट कारागारमा थुनामा पठाएको थियो ।


मंगलबार १२ः४५ बजेतिर शौचालय छिरेका तस्वीर निकै बेर  ननिस्केपछि ढोकाको प्वालबाट हेर्दा इजारको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

गाउँमा भएका मृतकका बाबुलगायत आफन्तलाई बोलाइएको र उनीहरु आएपछि शौचालयको ढोका खोलेर शव निकाल्ने तथा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

घट्ना लगतै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी नायव उपरीक्षक बासुदेव पाठक, सशस्त्र प्रहरी बल, चरिकोट गुल्मका प्रहरी नायव उपरीक्षक किरणकुमार कठायत, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षहरिशरण शिवाकोटी, तस्वीर तामाङको जेठी छोरी अस्मिता तामाङ र पत्रकारहरु कारागार पुगेका थिए ।

गत २०७५ माघमा  श्रीमतीको हत्याकै आरोपमा कारागार चलान गरिएका तामाङले सजाए तोकिएको भोलीपल्ट  शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...