मौसमविदको भनाई ( भारतको ‘फेनी’ आँधी नेपालमा आउँदैन

काठमाडौं । छिमेकी मुलुक भारतमा चक्रवात आँधीको त्रास छ ।  ‘फेनी’ नाम दिइएको यो आँधीको प्रभाव नेपालमा पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता व्यक्त भइरहेको छ ।

नेपालका मौसमविदले पनि यसलाई चासोपूर्वक खोजी गरिरहेका छन् । मौसमविद वरुण पौडेलले भने, ‘हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन बाटो पछ्याइरहेका छौं ।’

नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्दै आएको छ । पछिल्लो बुलेटिनमा बुधबार दिउँसो र राति देशैभरि आंसिकदेखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ । 

बिहीबार र शुक्रबार पनि देशैभर आंसिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।


तर, अहिलेसम्म भारतको फेनी नेपाल आउने सम्भावना नदेखिएको मौसमविद बताउँछन् । ‘शुक्रबारको अन्त्यतिर पूर्व र मध्य नेपालमा हल्का असर देखिए पनि फेनी आँधीको सम्भावना नेपालमा नभएको मौसमविद पौडेलले भनाई रहेको छ ।  फेनीबाट हामी डराउनु पर्दैन ।’

भारतमा भने फेनीले विनास निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्र लगायतका स्थानमा ३ मेसम्म सतर्क रहन सूचित गरिएको छ ।

 १५५ देखि १७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् ।

यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...