पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता गरिदैंन: अध्यक्ष आचार्य

काठमाडौं । काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको बबरमहलबाट सुरु भएको सो प्रभातफेरी नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । 

सो कोण सभामा विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित नहुने उदघोष गरे । 


कोणसभामा बोल्दै महासघंका अध्यक्ष गोविन्द आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताएका छन् ।


उनले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने पनि बताएका छन् ।  पत्रकारलाई सम्मानपूर्वक बाच्नका लागि र श्रम अनुसारको ज्याला दिने विषयमा कार्यक्रममा सहभागी अन्य ब्यक्तिहरुले पनि समर्थन जनाएका छन् ।


उनले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने पनि बताएका छन् ।  पत्रकारलाई सम्मानपूर्वक बाँच्नका लागि र श्रम अनुसारको ज्याला दिने विषयमा कार्यक्रममा सहभागी अन्य ब्यक्तिहरुले पनि समर्थन जनाएका छन् ।

सो कोणसभामा प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस सोसाइटीका अध्यक्ष केशव आचार्य, क्रन्तिकारी पत्रकार महासंघका अध्यइा इन्द्र राउत, रिपोर्टर्स क्लवका अध्यक्ष ऋषी धमला लगायतले नेपालमा भइरहेका प्रेस स्वतन्त्रता हहनका घटना बढ्दै गएकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 



 

प्रतिकृया दिनुहोस