भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रु’

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलवार ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो ।

भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो । यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख सञ्जिव बरालले  जानकारी दिए । 

प्रतिकृया दिनुहोस