यसरी भयो प्रदेश ५ सभाबाट प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक ९ महिनापछि फिर्ता

Pradesh sabha 5

बुटवल । प्रदेश ५ सरकारले ९ महिना अघि प्रदेश सभा बैठकमा पेश गरेको प्रदेश लोक सेवा आयोग गठनसम्बन्धी विधेयक फिर्ता गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार आफैँले कर्मचारी भर्ना गर्ने गरी प्रदेश लोकसेवा आयोगको काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार गर्न गत असार २५ गतेको प्रदेश सभा बैठकमा विधेयक पेश गरेका थिए ।

विधेयकमाथि २६ गते सैद्धान्तिक छलफल भएर दफावार छलफलका लागि असार ३२ गते प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो । संघीय सरकारले कर्मचारी समायोजन शुरु नगरेपछि प्रदेश सरकारले आफैँ कर्मचारी भर्ना गर्ने उद्देश्यसहित सरकारले विधेयक तयार गरेपनि संघीय सरकारसँग बाझिने भएकाले विधेयक विषयगत समितिमा पुगेर लामो समय थन्किएको थियो ।

संघीय सरकारले तयार गरेको कानुन र मापदण्ड अनुसार परिमार्जन गरी पेश गर्नुपर्ने भएकाले सरकारको आग्रहअनुसार विधेयक फिर्ता गर्ने निर्णय भएको प्रतिवेदन पेश गरिएको सभापति दामाकुमारी शर्माले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस