आफ्नै निर्वाचन क्षेत्रका व्यक्ति परेछन् लिङदेनका लागि ‘सुपारी’ लिनेवाला !

Rajendra lendeng

काठमाडौं । झापाको कचनाकवल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव पारेको ठाउँ हो । तर, सोही ठाउँका व्यक्तिले सोही जिल्लाका प्रतिनिधिसभा सदस्य तथा राप्रपाका प्रभावशाली नेता राजेन्द्र लिङदेनलाई नचिनेको नम्बरबाट पैसाको वार्गेनिङ गरे भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, यो एथार्थ हो ।

झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन ७ चैतमा लतिलपुरस्थित डेरामा थिए । अपरिचत नम्बरबाट म्यासेज आयो, ‘राजेन्द्र सर हो भने मलाई कल गर्नु न एकपटक । इमजेन्सी छ । तपाईंको नम्बर विजी मात्र आउँछ ।’

लगत्तै अर्को म्यासेज आयो, ‘ह्वाट्स एप, खोल्नु ल । केही इमर्जेन्सी छ, म कुरा सुनेर आत्तिएँ ।’ उनलाई दुवै म्यासेज आएको थियो, नेपाल टेलिकमको मोबाइल नम्बर ९८४३३९४७...‘ बाट ।

झापाको कचनाकवलका तिलकदास पराजुली, जसले पैसाको लोभमा अर्कैको मोवाइल नम्बरको प्रयोग गरेर ५० लाखको बार्गेनिङ गरे । उनले आफुले मार्नका लागि सुपारी लिएको भनेर धम्क्याए । तिलकदासले पहिले भारतीय सिमबाट विभिन्न व्यक्तिलाई धम्की दिएको र पछि प्रदीपको सिम प्रयोग गरी आफू नेपाल आएको भन्दै आएका थिए । पराजुली लिङदेनकै निर्वाचन क्षेत्रका व्यक्ति हुन् ।

प्रहरीको अनुसन्धानबाट तिलकदास पराजुलीले आफ्नो परिचय लुकाई आर्थिक लाभ उठाउन राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनसहित विभिन्न व्यक्तिलाई टेक्स्ट म्यासेज र भ्वाइस म्यासेजमार्फत धम्की दिँदै आएका थिए । यो कुरा बल्ल सिआइविल थाहा पाएको छ । यसरी धम्क्याउनेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय प्रदीप रोकाया र झापा कचनाकवलका तिलकदास पराजुली हुन् ।

उनीहरुले विभिन्न व्यक्तिलाई स्पष्ट नेपाली र हिन्दी भाषा मिसाएर धम्की दिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । पराजुलीले हुम्लाका रोकायाले गएको चैत २ गते डीजे इन्टरनेशनल सामाखुसीबाट लिएको सिमबाट नै धम्की दिएको ब्यूरोले जनाएको छ । पैसाको लोभमा प्रदीपले आफ्नो सिम पराजुलीलाई दिएका थिए । 

प्रतिकृया दिनुहोस