सरकारलाई सर्वाेच्चको यस्तो अंकुस : परिपत्र कार्यान्वयन नगर

Suprim court

काठमाडौं । जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले परिपत्र जारी गरेको विरोधमा चौतर्फी विरोध भइरहेका बेला सर्वाेच्च अदालतले सरकारलाई कार्यान्वयन नगर्न आदेश दिएको छ ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

त्यसयता सरकारले सो कार्यके चौतर्फी विरोध भएको थियो । राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका दलहरुले त सरकारको यो निर्देशनले नेपाली जनता नै अल्पमतमा पर्ने भन्दै आन्दोलन नै गर्दै आएका थिए ।

सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न आदेश दिएपछि सरकारलाई धक्का लागेको छ ।

गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले वैशाख ३ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिकृया दिनुहोस