७ प्रजिअको सरुवा, २३ जना उपसचिवको सरुवा

Home ministry ofice

काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले सोमबारै २३ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रजिअ फेरेको हो । दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ । संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलन थिए । हाल उनको ठाएँमा वेदप्रसाद अर्याललाई पठाइएको छ ।

केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस