अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटना हुुँदा बालकसहित ३ जनाको मृत्यु

Arghakhachi jip accident

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लात्तेबाझमा जीप दुर्घटना हुुँदा बालकसहित ३ जनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र बालकको सन्धीखर्क अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनिका आचार्य र अन्दाजी ५ वर्षीय एक बालक छन् । जिपमा १८ जना यात्रु रहेका थिए ।

घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरेको र अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको प्रहरीले बताएको छ । उकालो सडकमा ब्रेक फेल भएपछि जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस