धरान बस दुर्घटना अपडेट : बालकसहित ४ को मृत्यु, ३९ घाइते (घाइतेको नामसहित)

Dharan accident 25 1

धरान । धरान– १३ स्थित जिरोपोइन्टमा बस यात्रुबहा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

धनकुटा–६ बुधबारेबाट धरानतर्फ आइरहेको बस धरान–१३ स्थित जिरो प्वाईटमा दुर्घटना हुँदा बस चालक धरान–८ का ३८ वर्षीय चक्रबादुर गुरुङ र धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ का ५६ वर्षीय दलबहादुर मगरको मृत्यु भएको छ । अन्य एक महिला र एक बालकको घटनास्थलमै मृत्यु भएको ।

सो दुर्घटनामा परी घाइते इटहरी–५ का २४ वर्षीया दिवा सुबेदी, धनकुटा चौविसे गाउँपालिकाकी ३० बर्षिया शान्ता तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारकी ४ बर्षिया प्रियका बिक, धनकुटा चौबिसे गाउँपालिकाकी ५ बर्षिया लजिता मगर, २० बर्षिया मिनराज मगर र ४० बर्षिया धर्म कुमारी मगर घाइते भएका छन् ।

त्यसैगरी कुरुलेका २५ वर्षीय भक्तकुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ वर्षीय सुस्मीता लिम्बु, र २ वर्षीय छोरी नुम्मा लिम्बु, धनकुटा मुढेबासका २० वर्षीय सिता मगर, मोरङ केराबारी वडा नं. ५ की ११ वर्षीय आताना तामाङ घाइते भएका छन् । धरान १७ का नबिन श्रेष्ठ र रैजिता राई पनि घायते भएका छन् ।

धनुकटा साँगुरीगढी वडा नं. ५ डाँडाबजारका एकै परिवारका तीन जना घाइते भएका छन् । जसका ४७ वर्षीय जंगीप्रसाद राई, ३६ वर्षीय आमा बुद्धमाया राई र छोरी ७ वर्षीय छोरी बिबिश राई छन् ।

त्यसैगरी खुवाफोकी ३२ वर्षीय वर्षीय सोमा लिम्बु, ५ वर्षीय सिकेन लिम्बु, मोरङका १३ वर्षीय दिपेन लिम्बु, धनकुटा चौबिसेकी २२ वर्षीय सुनिता मगर, सुनसरी महेन्द्रनगरका वर्षीय कुशल लिम्बु, सुनसरी ईटहरी १९ तरहराकी १८ वर्षीय अनु श्रेष्ठ, धनकुटा चौबिसे वडा नं. १ की ५ वर्षीय रोजीता मगर, ३८ वर्षीय धर्मकुमारी अधिकारी, धनकुटा साँगुरीगढी वडा नं. ६ की ५९ वर्षीय धनमाया बिक, धनकुटा चौबीसे वडा नं. १ का ३० वर्षीय मिनराज मगर, प्रेमकुमार मगर, तेह्रथुम फाक्चामाराकी २० वर्षीय सुस्मीता सम्वाहाम्फे, नुमाफुङ लिम्बु र पाँचथरका तेजबहादुर लिम्बु घाइते भएका छन् ।

सबै घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस