राप्रपाको प्रदर्शनमा प्रदर्शनी मार्गमा झडप, २६ जना घाइते

Rpp jhadap

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्रको पुनःस्थापनाको माग गर्दै आएको प्रदर्शन गर्दगर्दा प्रहरीले दमन गरेको छ । प्रहरलिे दमन गर्दा २६ जनाभन्दा बढी घाइते भएका छन् ।

राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम हुने अवस्थामा प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो । झडपमा परी विक्रम बहादुर थापा, घाइतेमा कुन्ती शाही, प्रकास रिमाल, महेश बहादुर सिंह, क्षत्र कडायत, भरत रायमाझी लगायतका नेता घाइते भएका हुन् ।

घाइतेको मोडल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट २६ जना कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । राजासहितको हिन्दुराष्ट्र लगायतकाका माग सहित आज राप्रपाले काठमाडौंसहित ७७ वटै जिल्लामा प्रशासन अगाडी धर्ना कार्यक्रम राखेको थियो ।

फागुन ७ प्रधानमन्त्री कृपी शर्मा ओलीलाई बुझाएको २२ बुँदे माग सम्बोधन गर्न दवाव दिन भन्दै राप्रपाले सोमबार केन्द्रमा सिंहदरवार र प्रदेशमा प्रदेश सरकारको मूख्य मन्त्रीको कार्यालय तथा जिल्ला प्रशासन कार्यालय अगाडी धर्नाको कार्यक्रम गरेको हो ।

प्रतिकृया दिनुहोस