धरानमा बस दुर्घटना अपडेट : चालकसहित ४ जनाको मृत्यु, ३० जना घाइते

Dharan zero point accident

धरान । धरान– १३ स्थित जिरोपोइन्टमा बस यात्रुवहाक बस दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ जनाको मात्रै सनाखत भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस दुर्घटनामा परेको थियो । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । अधिकांश घाइतेहरु धनकुटा बुधबारेका छन् ।

सो बस दुर्घटना हुँदा मृत्यु हुनेमा चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र पहिान खुलेको छ । अन्यको भने पहिचान हुने सकेको छैन् । मृत्यु हुनेमा एक बच्चा, एक जना महिला र एक वृद्ध छन् ।

बसमा च्यापिएर दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो । बस पल्टिएर विजुलीको पोलमा ठोकिएको थियो । च्यापिएका यात्रुहरुलाई जेसिविको साहयताले निकालिएको थियो ।

३० जना भन्दा बढि घाइतेहरुको प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको छ । एक बालकसहित ४ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्ष घाइतेहरुले भरिएको छ । घाइतेहरुलाई उपचार गर्ने स्थान र बेडको अभाव भएको छ । अन्य विभागबाट थप नर्स तथा चिकित्सक ल्याएर घाइतेको उपचार भइरहेको आकास्मिक कक्षका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस