धरान जिरोपोइन्टमा बस दुर्घटना, ४ जनाको मृत्यु

Dharan zero point accident

धरान । धरानतर्फ आउँदै गरेको बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस जिरोप्वाइन्टमा ब्रेकफेल भइ पलिटएको थियो । सो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकको नाम भने खुलेको छैन ।

घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ । हालसम्म बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालकको साइटतर्फ नै दुर्घटना हुन पुगेको हो ।

प्रतिकृया दिनुहोस