फर्कियो ‘टोर्नेडो’अध्ययन टोली, के आयो त निष्कर्ष ?

Tornedo 25

काठमाडौं । एकसाता अघि नेपालमै पहिलोपटक बारा र पर्सामा भीषण हावाहुरी आयो । जसले २९ जनाको ज्यान लियो । सयौँ घाइते भए । अचानक आएको सो हावाहुरी अनुसन्धानकै विषय बन्यो ।

नेपालमा यति ठूलो क्षति हुनेगरी कहिले नआएको उक्त हावाहुरी साधारण मौसमी प्रणाली नभई ‘टोर्नेडो’ भएको प्रारम्भिक अध्ययनले देखाए छ । बारा–पर्सामा आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन गरेर मौसमविद्को टोली काठमाडौं फर्किएको छ ।

मौसम विभागका तीन, इसिमोडका दुई र द स्मल अर्थ नेपालका १ गरी ६ मौसमविद् रहेको टोली बुधबार स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा खटिएको थियो । अब स्थलगत अध्ययनबाट प्राप्त विवरणहरू केलाएर केही दिनभित्र टोर्नेडोका विषयमा वास्तविकता सार्वजनिक गर्ने तयारी छ ।

प्रभावितस्थलमा ड्रोन तथा अन्य क्यामेराबाट क्षतिको भिडियो र तस्बिर लिने तथा पीडितसँग कुरा गरेर सूचना लिएको टोलीले जनाएको छ । हावाहुरी प्रभावित क्षेत्रनजिक मौसमी स्टेसन र राडार पनि नभएका कारण विभागले उक्त मौसमी प्रणालीको विस्तृत तथ्यांक रेकर्ड गर्न नसकेको हो ।

भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिरको अध्ययनबाट विभाग र द स्मल अर्थ नेपालको वैज्ञानिक टोली बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नेडो’ भएको निष्कर्षमा पुगेको थियो । भूउपग्रहको तस्बिरका आधारमा ‘टोर्नेडो’ करिब ३५ किमि लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस