मलेसियामा बस दुर्घटना : २ नेपालीसहित ११ को मृत्यु

Malesia bus accident

काठमाडौं । मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक सवार थिए ।

मलेसियाका स्थानीय सञ्चार माध्यम मेट्रोका अनुसार ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित ५ जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको मृत्यु भएको हो ।

आइतबार राती भएको सो दुर्घटनामा परी नेपालका रामु चौधरी र जगन्नाथ सिंह दनुवारको मृत्यु भएको छ । रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस