यूएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु, २ घाइते

Niroj pariyar accident

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा भएको ट्याक्सी दुर्घटनामा परी २ जना नेपालीको मृत्यु भएको छ भने अन्य २ जना नेपाली नै घाइते भएका छन् ।

आइतबार राती १२ बजे भएको दुर्घटनामा परी नवलपरासी कावासोती रामनगरका निरोज परियार र ठेगाना नखुलेकी शान्ति विकको मृत्यु भएको छ । दुर्घटना आइतबार आबुधाबीको साविया ९ नम्बरमा भए पनि मंगलबार मात्रै कम्पनीले जानकारी पाएको थियो ।

सो दुर्घटनामा परी घाइते भएका ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक जनाको परिचय पनि खुलेको छैन । घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।

२६ वर्षीय निरोज ड्युटी सकिने समयमा हस्पिटलमै उपचार गर्न आएकी नेपाली महिला शान्तिलाई बिन जायद सिटीमा छोड्न आफ्ना एक जना साथीसँग गइरहेका थिए । सोही बेला उनहिरु चढेको ट्याक्सीलाई पछाडीबाट अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रशासनले बताएको आबुधाबीमा कार्यरत निरोजका काका ज्योतिलाल परियारले बताए ।

प्रतिकृया दिनुहोस