राप्रपा संयुक्तले दियो मृतकका परिवारलाई आर्थिक सहयोग

Rana lohani 22

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का दुई जना अध्यक्ष सँगै हावाहुरी प्रभावित क्षेत्रको अनुगमनमा बारा र पर्सा पुगेका छन् ।

गत चैत १७ गते साझ आएको विनासकारी हावाहुरीले बारा र पर्सामा धनजनको क्षति भएपछि त्यहाँको पछिल्लो अवस्था बुझ्न राप्रपा संयुक्ताका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणा प्रभावित क्षेत्र पुगेक हुन् ।

प्रभावित क्षेत्र पुगेका अध्यक्षद्धय लोहनी र राणाले मृतकका परिवारलाई १२ हजार रुपैयाँका दरले सहयोग गरेका छन् । साथै उनीहरुले केही थान त्रिपाल, महिलाहरुका लागि सारी तथा कुर्ता सुरुवालसमेत वितरण गरेका थिए ।

नारायणी अस्पतालमा उपचार गर्दै आएका घाइतेहरुलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको संचार समिति सदस्य जनकराज पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस