पत्रकार खेम भण्डारीविरुद्ध किरण बिष्टले दायर गरे अपहेलनाको मुद्दा

Nirmala panta prakaran 22

कञ्चनपुर । कञ्चनपुरका लागि मात्रै होइन, देशकै चर्चित काण्ड हो निर्मला पन्तको बलात्कारपछिको हत्या । गत साउन १० मा भएको घटनाले धेरै प्रश्न जन्माइदिएको छ ।

कञ्चनपुर उल्टाखामकी १३ वर्षीय बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाले अनेक रुप लिइरहेको छ । पन्तको शव गत साउन ११ गते फेला परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले दिलीपसिंह विष्टलाई समेत पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले विस्टले हत्या स्विकारेको दाबी गरे पनि निर्मलाको भेजाइनल स्वाबमा रहेको वीर्यसँग विष्टको डिएनए मिलेन । त्यसपछि उनी छुटे ।

त्यसयता कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट सहितका प्रहरी अधिकारीहरु निलम्बनमा परेका छन् । अझैंसम्म पनि पन्तको बलात्कारपछि हत्यामा संलग्न पक्राउ पर्न सकेका छैनन् । यो एउटा देखिएको घटना हो ।

तर, पत्रकार खेम भण्डारी र तत्कालीन एसपी बिष्टबीचको आपसी द्धन्द्ध भित्रभित्रै सल्किँदै गएको छ । पत्रकार भण्डारीले दिलिपसिंह बिस्टलाई जोगाउन प्रहरी अधिकारीलाई पटकपटक दबाबमा पारेको खुलासा भएकै हो ।

भण्डारीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विस्टलाई एसएमएस समेत पठाई दिलिपसिंह आफ्नो साला भएकाले छुटाउन भनेको सार्वजनिक भएपछि तत्कालीन एसपी बिष्ट र भण्डारीबीच आपसी सम्बन्ध राम्रो छैन भन्ने देखाउँछ ।

यसरी बढ्दै छ दुरी
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले तत्कालीन एसपी बिष्टलाई सरकारले निलम्बन नै गरिसकेको छ भने बिष्टलाई प्रमाण नष्ट गरेको अभियोगमा जिल्ला अदालतले साँढे १० लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका थिए ।

जब पन्तको बलात्कारपछि हत्या भयो, त्यसको श्रृंखलाबद्ध रुपमा भण्डारीले समाचार प्रकाशन गरेका थिए । तर, पछिल्ला दिनमा भण्डारी र बिष्ट बीचको द्धन्द्धका कारण निर्मला पन्तको आन्दोलन चर्किएको रहस्य खुल्दै गएको छ । एकले अर्कालाई सिध्याउने खेलमा लाग्दा अहिले न निर्मला पन्तको सो घटनामा संलग्नको पत्ता लाग्न सकेको छ, न त आन्दोलन नै रोकिएको छ ।

शुक्रबार मात्रै पनि पत्रकार भण्डारीविरुद्ध किरण बिष्टले जिल्ला अदालत कैलालीमा मानहानकिो मुद्धा दायर गरेका छन् । किरण बिष्ट डिल्लीराज बिष्टका छोरा हुन् ।

उनले भण्डारीविरुद्ध आफ्नो भविश्यमाथि परेको आधात र मानसिक यातना पाएको भन्दै जरिवानासमित ३ वर्ष कैद सजाय माग गरेका छन् । अपराध संहिताअन्र्तगत गाली बेइज्जती कसुरको ३०७ को (क) र (ख) बमोजिमको माग दावी गर्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।

भण्डारीले निर्मला प्रकरणमा निर्मला प्रकरणमा किरणको संलग्नता हुनसक्ने आशयको समाचारहरु सम्प्रेशण गर्दै आएका थिए । किरणले त्यस्ता समाचारबाट आफ्नो मानहानी तथा चरित्रमाथि दाग लाग्ने कार्य भएको भन्दै किरणले मुद्दा हालेका हुन् । उनले पत्रकार भण्डारीमाथि हदैसम्मको कारवाही माग गरेका छन् ।

यसअघि चरित्र हत्या गरेको तथा गाली बेइज्जतीमा कसुरमा कञ्चनपुरकै रोशनी बम र बबिता बमले पनि पत्रकार भण्डारीविरुद्द जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरुले पनि पत्रकार भण्डारीले कपोकल्पित तथा भ्रामक समाचार सम्प्रेशण गरेर आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका थिए ।

किरणले दर्ता गरेको मुद्दामा पत्रकार भण्डारीको कारण आफ्नो पेशामा दिर्घकालीन असर परेको, मानसिक यातना सहनुपरेको, समाजमा समेत आफ्नो मानप्रतिष्ठामा आँच आएको र डेरामा समेत बस्न सक्ने अवस्था नआएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ ।

प्रतिकृया दिनुहोस