ट्रक पल्टिएर भ्यानलाई किच्दा २ को मृत्यु, १ घाइते

Accidenta 22

काठमाडौं । ललितपुरको सानेपामा ट्रक पल्टिएर भ्यानलाई किच्दा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस