बारा र पर्साका हुरी पीडितलाई प्रदेश एकले १ करोड सहयोग गर्ने

Sad

काठमाडौं । गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रदेशसचिव केदार न्यौपानेले उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गरिने जानकारी दिए ।त्यसैगरि बैठकले प्रदेश प्रहरीको गठन, सेवा शर्त सञ्चालन गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्वीकृत गरेको छ ।

प्रदेश सचिव न्यौपानेले शनिबारदेखि चतरामा सुरू हुने दोश्रो पिण्डेश्वर अर्ध कुम्भमेलाको व्यवस्थापन गर्न मूल समारोह समिति गठन गरिएको जानकारी दिए । एक महिनासम्म जारी रहने अर्धकुम्भ मेलामा करिब २ करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।

मेलामा सरकारले भक्तजनको सहजताका लागि कार्यालयको समेत स्थापना गर्नेछ । मेला शान्त र भव्य रूपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष अवस्थामा नेपाली सेनालाई पनि खटाउने जनाईएको छ ।

कुम्भ स्नानका क्रममा संक्रमणलाई ध्यानदिदै आषधि उपचार तथा चिकित्सकको टोली, बिरामीका लागि एम्बुलेन्सको समेत व्यबस्था गरिने न्यौपानेले जानकारी दिए । मेला बैशाख २२ गतेसम्म आयोजना हुनेछ ।

प्रतिकृया दिनुहोस