फेरि टिप्पर आतंक, भक्तपुरमा १ जनाको मृत्यु

Tifar aatank 22

काठमाडौं । उपत्यकाभित्र फेरि टिप्पर आतंक बढेको छ । लामो समयसम्म टिप्परले आतंक मच्चाएर धेरैको ज्यान गएपछि स्थानीय प्रशाषनले टिप्पर सञ्चालनमा समय निर्धारण गरेको थियो । तर, त्यसयता पनि टिप्परको आतंक भने रोकिएको छैन ।

भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एक जनाको मृत्यु भएको छ । ठक्कर दिएको टिप्पर फरार छ ।

बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको मृत्यु भएको छ ।

तीन जना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएका छन् । स्कुटरलाई ठक्कर दिएको फरार भएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गएको बुधबार पनि जडिबुटीमा टिप्परको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस