नेपालगञ्जलाइ प्लाष्टिकमुक्त बनाउने गरि तयारी

Sindhuli saugat online 17

बाँकृ । नेपालगन्ज उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त उपमहानगर बनाउने गरि तयारी सुरु गरिएको छ । उपमहानगरको वडा नम्वर २० बाट यो अभियान सुरु गरिएको हो । खास गरि स्थानीय व्यापारी, वडा कार्यालय तथा अभियान्ताहरु प्लाष्टिकमुक्त अभियानमा सक्रिय भएका छन् ।

नेपालगन्ज २० मनिकापुर राँझाका व्यापारी पुर्णप्रसाद श्रेष्ठले प्लाष्टिकले वातावरण प्रदूषित गर्न थालेपछि कागज तथा फाइबरको झोला प्रयोग गर्ने अभियान थालिएको बताए ।

श्रेष्ठले जस्तै वडाका केहि व्यापारीहरुले आफ्नो पसलमा प्लास्टीकको साटो फाइवरको झोला प्रयोग गरिरहेका छन् । वडाध्यक्ष कृष्ण कार्कीले वडा कार्यालयले विभिन्न गैरसरकारी निकायसंगको सहकार्यमा फाइवर र कपडाको झोला विकल्प दिदै प्लास्टिकको झोला प्रयोग वन्द गर्ने अभियानको सुरुवात गरेको जानकारी दिए ।

पहिलो चरणमा वडाका २ सय ५७ व्यापारीलाई १० हजार फाइवरका झोला वितरण गर्न लागीएको छ । वडामा राँझा र एरर्पोटमा गरी २ जनालाई प्लास्टिक व्यवस्थापन समीतिको संयोजक तोकिएको छ । नेपालगन्ज उपमहानगरपालीकालाई प्लास्टिक मुक्त वनाउने अभियान अन्र्तगत पहिलो वडाका रुपमा वडा २० मा अभियान थालीएको हो ।

मेयर धवल शम्शेर राणाले अभियानलाई निरन्तरता दिइने बताएका छन् ।

प्रतिकृया दिनुहोस