सप्तरीको राजविराजस्थित विमानस्थलको सेवा ठप्प

Sap

काठमाडौं । सप्तरीको राजविराजस्थित विमानस्थलबाट सञ्चालन हुँदै आएको विमान सेवा ठप्प भएको छ । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको राजविराज विमानस्थलमा श्री एयरलायन्सले शुरुमा हप्ताको पाँच दिन उडान भर्दै आएको थियो ।

त्यसपछि केही महीनामा प्राविधिक त्रुटि देखाउँदै हप्ताको तीन दिन उडान भर्दै आएको श्री एयरलाइन्सले राजविराज विमानस्थलमा आजबाट उडान सेवा नै बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

श्री एयरलायन्सका स्टेशन म्यानेजर सुरेश मल्लिकका अनुसार विमानको इन्जिन मर्मतको कार्य शुरु गरिएकाले विमान सेवा बन्द गरिएको हो । उहाले विमानको इन्जिन मर्मत गर्न करीब एकदेखि दुई हप्तासम्म समय लाग्ने भएकाले सो अवधिभरि राजविराज विमानस्थलमा तत्कालको लागि श्री एयरलायन्सले आफ्नो उडान सेवा बन्द गरेको जानकारी दिनु भयो । 

श्री एयरलायन्सले नियमित उडानमा कटौती गरेपछि कुनै इमर्जेन्सी कामको लागि काठमाडौँ जानुपर्ने अवस्थामा समयमा जान नसकिने भएकाले समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । 

प्रतिकृया दिनुहोस