राप्ती नदिमा डुबेर एक ११ वर्षीया बालिकाको मृत्यु

Death

दाङ । राप्ती नदिमा डुबेर एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका अन्तर्गत राप्ती नदीको झारबैरा घाटमा नुहाउने क्रममा डुबेर लमही नगरपालिका–५ कोलही निवासी दण्डिराम चौधरीकी ११ वर्षीया छोरी अस्मिता चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।

नुहाउने क्रममा डुबेकी चौधरीको शव डेढ घण्टापछि  फेला परेको थियो। शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ।

प्रतिकृया दिनुहोस