पोखरामा शिक्षामन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा

Giriraj mani pokhrel newskarobar

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पोखरामा नेविसंघले कालो झण्डा देखाएको छ ।

पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई नेपाल विद्यार्थी संघका विद्यार्थीले क्याम्पस गेटमा कालो झण्डा देखाएका हुन् । मन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले तीन विद्यार्थीलाई पक्राउसमेत गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालय इकाई सभापति फिरोज सुवेदी, विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट र नेविसंघका जिल्ला स्तरका नेता प्रताप बाँनिया रहेका छन् ।

सरकारका कामकारवाही विरुद्ध विरोध स्वरुप मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम अनुरुपनै विद्यार्थी प्रदर्शनमा उत्रिएको केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस