निर्वाचन लडेरै सभापति बन्ने देउवाको दावी

Sher bahadur deuba

दाङ । नेपाली कांग्रेसभित्र भावी सभापतिको खोजी भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभामा सभापति देउवाले पार्टीको विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था रहेकाले अब पनि निर्वाचन जितेरै भए पनि आफु सभापति बन्नसक्ने दावी गरे ।

उनले महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था गरिएको जानकारी दिए । देउवाले वर्तमान सरकारले कामै गर्न नसकेको आरोप लगाए । अब ओली सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्ने र त्यसका लागि तम्तयार रहन उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिकृया दिनुहोस