१ वर्षमा विप्लवका सय कार्यकर्ता पक्राउ

Netra bikram chand biplab 20

काठमाडौं । एक वर्षको अवधीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ सय ४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीले बेशाखदेखि यो अवधीसम्म ‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । फागुन २८ देखि राजनीतिक प्रतिबन्ध लागेपछि सबैभन्दा धेरै पक्राउ परेका छन् । सबैभन्दा बढी चैतमा १ सय ४ जना र फागुनमा ७३ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा २, मंसिरमा ४, पुसमा १२ र माघमा २३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ । प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको मृत्यु भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस