समायोजनले कर्मचारीको गुनासो बढायो, भन्छन्, हाम्रो गुनासो सुनियोस्

Samanya prasashan mantralaya

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन प्रक्रिया सकेको छ । समायोजन सकिए पनि मन्त्रालयले गुनासो गर्नसक्ने ठाउँ दिएपछि गुनासो दर्ता गराउने कर्मचारीको संख्या बढ्दै गएको छ ।

मन्त्रालयको गुनासो व्यवस्थापन समितिमा आफ्नो गुनासोसहितको निवेदन दर्ता गराउने बुधबार अन्तिम दिन निवेदन दर्ता गराउन तछाड मछाड देखिएको छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट गुनासो टिपाउन सिंहदरबार पुगेका कर्मचारीका आ–आफ्नै गुनासाहरू छन् ।

सुनुवाइका लागि आइतबारदेखि सिंहदरवारमा भौतारिरहेका उनीहरू आश्वासनबाट आजित देखिन्थे । कतिपय भने आफ्नो गुनासो सुनवाई हुने आसमा देखिन्छन् भने कतिपय चाँही निरास देखिन्छन् ।

सबैभन्दा धेरै समस्या देखिएको स्वास्थ्य क्षेत्रका कर्मचारीमा गुनासो अझ बढ्न सक्ने आकलन गरिएको छ । किनभने वाथ्य सेवाका २७ हजार बढी कर्मचारीमध्ये मंगलवार बेलुकी मात्रै करिब एक हजार पाँच सय जति कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।

बुधबार दिनभर मन्त्रालयको ढोकासम्मै सयौँको संख्यामा कर्मचारीहरू लाइनमा बसेर गुनासो टिपाएका छन् । अधिकांसले आफुलाई पायक नपरेको, पद बढुवा हुनुपर्ने लगायतका गुनासो टिपाएका छन् ।

यसरी गुनासो टिपाउनेमा दाङबाट आएका टाइपिष्ट नायव सुब्बा (टानासु) कृष्ण कँडेलदेखि झापाबाट आएका सब इन्जिनियर सन्दीप उदाससम्म छन् । उदासले आफु सब इन्जिनयर भए पनि खापासटे भनेर पठाएपछि गुनासो गर्न दर्ता गर्न झापाबाट आएका छन् ।

यातायात व्यवस्था कार्यालय दाङबाट आएकी कँडेल भने फाजिलमा पारिनुका कारणबारे जान्न काठमाडौँ आएका छन् । एउटै सेवा समूहका नायव सुब्बाहरूको समायोजन भई सक्दा पनि टाईपिष्ट भएकै कारण आफूहरूलाई विभेद गरी फाजिलमा पारेको उनको गुनासो छ । ‘फाजिलमा पारिनुपर्ने कारण के हो ? गुनासो बोकेर मन्त्रालयमा आएका छौँ’ कँडेलले भने ।

प्रतिकृया दिनुहोस