रमेश केसीलाई बचाउन परिवारले गरे सहयोगको याचना

Ramesh kc news

प्युठान । प्युठानको मान्डबी गाउँपालिका वडा नं. २ ढिकावनका गिरबहादुर केसीका १३ वर्षीया छोरा रमेश केसी एक वर्षदेखि घाटीमा रहेको ग्रन्थीमा लागेको क्यान्सर रोगबाट थलिएका छन् ।

सुनामी मावी रातापानी मर्कावाङमा कक्षा ८ मा अध्यनरत उनी ४ महिनादेखि विद्यालय जान समेत सकिरहेका छैनन् । उनको चितवनस्थित बिपी कोईराला क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका केसीको उपचार गर्दा झण्डै ११ लाख रुपैयाँ सकिएको छ । उनको उपचार गर्न झण्डै ६ महिना जति लाग्ने भएपछि उनका आफन्तले सहयोगको याचना गरेका छन् । रमेशका आमाले अर्कैसँग विवाह गरेकी छन् भने बुबाले पनि अर्कै विवाह गरेर भारतमै मजदुरी गर्दै आएका छन् । अहिले रमेशलाई हजुरबुबा, अजुरआमा र काकाहरुले उपचारको खर्च वेहोर्दै आएका छन् ।

अहिले उपचारका लागि खर्च जुटाउन नसकेपछि उनीहरुले सहयोगको याचना पनि गरेका छन् । सहयोगका लागि कालिका क्षेत्रकिो नाममा प्रभु बैंकमा खाता पनि खोलेका छन् उनीहरुले प्रभु बैंकको खाता नं. ०१७१०७०१२४२७१८०००००१ मार्फत सहयोग गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस