न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन आजदेखि, अदालतका सनुवाई रोकिए

Court

काठमाडौं । न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । शुक्रबारसम्म चल्ने न्यायाधीश सम्मेलनमा सबै न्यायाधीश उपस्थित हुनेछन् । सम्मेलन काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आज दिउँसो २ बजेदेखि सुरू हुने छ ।

सम्मेलनमा देवानी फौजदारी संहिताको कार्यान्वयन, न्यायाधीश आचार संहिता, चौंथो रणनीतिक योजना र वर्तमान संविधानको कार्यान्वयनमा न्यायपालिकाको भूमिकासम्बन्धी विषयबारे कार्यपत्र प्रस्तुती र छलफल हुने छ ।

न्यायाधीश सम्मेलनमा ३ सय ९३ न्यायाधीश सहभागी हुने छन् । त्यसैका लागि हिजोदेखि जिल्ला बाहिरका अदालतमा सुनुवाई रोकिएको छ । उपत्यकाबाहिरका अदालतहरूले पेशी तोकेनन् । शनिबार विदा भएकाले अब आइतबारदेखि मात्र अदालतमा मुद्दाहरूमाथि सुनुवाइ सुरू हुनेछ ।

प्रतिकृया दिनुहोस