मौसम: अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली, तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना

Mausam fsabdroyqv

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै अपराहन्न तिर हावाहुरी चल्ने सम्भावना पनि छ।

यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । अरु क्षेत्रको मौसम भने सफा रहनेछ ।

मध्य र पश्चिमका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेष गरि तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस