अछाममा चट्याङ लागेर अछाममा पन्ध्र जना घाइते

Lightning

अछाम । चट्याङ लागेर अछाममा पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोट र ४ जना रामारोशन गाउँपालिका ५ सल्लीसैनका हुन् । उनीहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोटमा मंगलवार राती परेको चट्याङले घाइते भएका ११ जना मध्ये ७ जनाको अझै होस खुलेको छैन् ।

बेहोस अवस्थामा रहेकाहरु १४ वर्षका जगत बोहरा, १९ वर्षका भिमपुरा दास, ५२ वर्षका बलिराम दास, ४५ वर्षकी लडु बिक, ५७ वर्षका दुर्गे बिक, १५ वर्षकी कल्पना बोहरा र ४० वर्षकी राधिका शाही हुन् । उनीहरु सबै तामकोट गाउँकै हुन् ।

घटनास्थल चिलतडाबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । त्यसैगरी रामारोशन गाउँपालिका ५ नेटाकोटको सल्लीसैनमा चट्याङ लागेर घाइते भएका चार जनाको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस