प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

Dinesh kumar thapaliya

काठमाडौं । संसदीय सुनुवाई समितिले संवैधानिक परिषदबाट सिफारिस निर्वाचन आयोगका प्रमुख र समावेशी आयोगको सदस्यमा सिफारिस विरुद्ध १० दिने उजुरी आव्हान गरेको छ ।

समितिले निर्वाचन आयोगको प्रमुखमा संवैधानिक परिषदबाट सिफारिस दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरेको हो ।

आज बसेको समितिको बैठकमा संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले उहाँहरुको नाममा कुनै उजूरी भए चैत्र २९ गतेसम्म टिपाउन अनुरोध गरे ।

संवैधानिक परिषदले चैत ११ गते निर्वाचन आयोगको प्रमुखका लागि थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस