कालिकोटका प्रहरी प्रमुख भन्छन्, ‘गाँउमा विप्लवका नेताहरुले जाउँ भन्लान्, त्यसमा नजानु’

Kalikot police

कालिकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई फागुन २८ मा राजनीतिक रुपमा प्रतिवन्ध लगाएपछि देशभर प्रहरीले सतर्कता अपनाएको छ । त्यति मात्रे मात्रै होइन, पक्राउ पनि त्यति नै गरिरहेको छ ।

खासगरी कालिकोट जिल्ला नै विप्लव समुहको प्रभाव क्षेत्र मानिन्छ । केही साताअघि मात्रै खड्गबहादुर विश्वकर्माको भव्य स्वागतमा दिउसै गरिएको प्रदर्शनमा सो पार्टीले शक्ति प्रदर्शन गरेको थियो । तर, अहिले प्रहरीले नयाँ रणनीति अपनाउन थालेको छ ।

विद्यार्थीलाई नै लक्षित गरी जिल्लामा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्न थालेको छ । विप्लवको प्रभाव कम पार्न पनि उच्च शिक्षाको तयारी गर्न र उज्वल भविस्यको कामना गर्न पनि प्रहरीले विद्यार्थीलाई आग्रह गर्न थालेको हो ।

प्रहरीले जिल्लाका ९ वटै स्थानीय तह, ८२ वटै वडा र २५ वटा माध्यामिक विद्यायमा समिति बनाएर अभियान चलाइरहेको छ ।अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्ला सदरमुकाम मान्मस्थित महादेव आधारभुत विद्यालयमा परिक्षा दिएर घर फर्कन तयार भएका सय भन्दा धेरै विद्यार्थीलाई प्रहरी र जनप्रतिनिधि मिलेर विद्यार्थीहरुलाई सार्वजनिक रुपमै गाउँमा विप्लवका नेता देखे प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

‘कुलतमा नलाग्नु, समाजमा रहेका विभिन्न बिकृतिहरुको बिरुद्धमा उभिनु, उच्च शिक्षा हासिल गर्न तयारीका लागि तयारी कक्षाहरु लिनु, विप्लव समुहमा पनि नलाग्नु, गाँँउमा विप्लव समुहका नेताहरु देखेपछि सय नम्बरमा फोन गरेर प्रहरीलाई खबर गर्नु’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले भने, ‘गाँउमा विप्लवका नेताहरुले एसईई दिने विद्यार्थीहरुलाई पनि आफ्ना कार्यक्रममा हिडौँ भनेर लगिरहेका छन् । तिमीहरु त्यसमा नजानु, उज्वल भविस्यका लागि सकारात्मक कार्यमा लाग्नुपर्छ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रममा झण्डै एक सय ५० विद्यार्थी सहभागी भएका थिए । एसईई दिने उमेर किशोरावस्थाका विद्यार्थीहरु भएकाले यसमा अभिभावहरुले पनि उनीहरुको भविस्यका लागि सोच्नुपर्ने बताए । यस वर्ष कालिकोटबाट एसईई परिक्षामा ३ हजार ६ सय ११ जना विद्यार्थी सहभागी भए ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका उपमेयर विजया विष्टले पनि एसईई दिएर घर फर्कन लागेका विद्यार्थीहरुलाई उज्वल भविस्ययको कामना सहित मिठाइ बितरण गरिन् ।

प्रतिकृया दिनुहोस