३ मिनेटको भाषणमा प्रचण्डले भने, मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिन्छौं

Prachanda bara

बारा । आइतबार अचानक आएको हावाहुरीले २८ जनाको मृत्यु भएपछि एकप्कारले देश शोकमा डुबेको छ । मृतकका परिवारलाई सान्त्वना दिनेको ओइरो लागेको छ । त्यति नै मात्रामा सहयोगीहरु पनि राहतका लागि बारा र पर्सा पुग्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादु थापा ‘बादल’, स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित प्रदेश नं. २ र ३ का मुख्यमन्त्रीहरुले पनि प्रभावित क्षेत्र पुगेर पीढितहरुलाई राहत दिने र उपचारमा बाँकी नराख्ने प्रतिवद्धता जनाएर फर्किए । प्रदेश नं. ३ को सरकारले मंगलबार बिहान बसेको बैठकले १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्र पुगेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरे ।

त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरे । सो ३ मिनेटमा उनले पीडित परिवारलाई राहत दिने बचन दिँदै मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे ।

हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

प्रतिकृया दिनुहोस