हावाहुरीमा परी घाइते भएका बालकको मृत्यु

Hawahuri bara 18 1

बारा । आइतबार साँझ आएको हावाहुरीमा परी घाइते भएका एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा फेटा गाउँपालिका ६ का ५ वर्षीय फैयाज आलम छन् । बालकको नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

रगन्जका विभिन्न अस्पतालमा बारा र पर्साका चार सय जना घाइतेको उपचार भइरहेको छ । पाँच जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस