सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस, रिक्त न्यायाधीशको नियुक्ती र पदस्थापन सँगसँगै

Suprim court

काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीको सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको परिषदको बैठकले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र सुष्मालता माथेमासहित वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनोजकुमार शर्मालाई नियुक्ती सिफारिस गरेको हो ।

सो परिषद् बैठकले उच्च अदालतमा रिक्त रहेका २१ न्यायाधीशको नियुक्ती र पदस्थापन पनि गरेको छ । परिषद्ले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायब महान्याधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाई उच्च अदालतको न्यायाधीश नियुक्ती गरेको हो । पौडेललाइ पाटन, उपाध्यायलाई पाटनकै हेटौंडा इजलास र ढकाललाई जनकपुरमा पदस्थापन गरिएको छ।

तत्कालीन पूनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पौडेललाई उच्च अदालत जनकपुरको राजबिराज इजलासमा पदस्थापनसहित नियुक्त गरिएको छ । परिषद्ले जिल्ला न्यायाधीशहरू राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाँद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्णगरी ६ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हो ।

कानून ब्यवसायीहरू जगतबहादुर थापा (मोरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भोजपुर), रेणुका साह (महोत्तरी), डालकुमार खड्का (बारा), उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया (नुवाकोट) लाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस