दलित मुक्ति मोर्चाको संयोजक विष्णु परियार पक्राउ

Nekapa biplav

पर्वत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।

पक्राउ गरिएका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट सोमबार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्वत जिल्ला कुश्मा नगरपालिका ८ बस्ने परियारलाई कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरीबाट चैत १७ गते नियन्त्रणमा लिएको थियो । ठूलीपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिडेको आरोपमा उनलाई अस्थायी प्रहरी चौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस