आँधीबेहरी पीडितलाई प्रदेश ३ सरकारले १ करोड दिने

Pradesh 3 miting

हेटौंडा । बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि प्रदेश ३ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

आइतबार राती आएको विनासकारी हावाहुरीकोले पारेको प्रभावित क्षेत्रमा सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोलीले निरीक्षण गरेर फर्किएको थियो ।

निरीक्षणकै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

टोलीले प्रभावित क्षेत्रको निरीक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगञ्जको नेशनल मेडिकलमा गएर घाइतेहरुको अवस्थाको जानकारी पनि लिएको थियो ।

प्रतिकृया दिनुहोस