सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको तयारी

Court

काठमाडौं । न्यायपरिषद्को बैठक बस्दैछ । परिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको तयारी गरेको छ । नियुत्ति सिफारिसका लागि अहिले केहीबेरमा न्यायपरिषद् बैठक डाकिएको छ ।

उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गर्ने तयारी छ । उच्च अदालतबाट दुई न्यायाधीश सिफारिसका लागि चार जनाको नाम चर्चामा छ । उच्च अदालतका मुख्य न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार चूडाल र न्यायाधीश सूक्ष्मलता माथेमामध्ये दुई जना सिफारिसमा पर्नेछन् । माथेमा र चूडालको नाम बढी चर्चामा छ ।

अदालतबाट दुई न्यायाधीश नियुक्तिपछि बाँकी तीन पदमा प्रगतिशील खेमाबाट दुई र लोकतान्क्रिक खेमाबाट एक जना न्यायाधीश नियुक्त गर्ने तयारी छ । सर्वोच्च अदालतमा न्यायाधीश कम हुँदा सुनुवाई कमजोर बनेको छ ।

प्रतिकृया दिनुहोस