कर्मचारी समायोजनको सम्पूर्ण काम सकियो, तीन तहमा कर्मचारी दरबन्दी स्वीकृत

Samanya prasashan mantralaya

काठमाडौं । कर्मचारी समायोजनको सम्पूर्ण काम सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक लाख ३१ कर्मचारी समायोजन सम्पन्न भएको जनाएको हो । 

मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पूर्णरुपमा सम्पन्न भएको जानकारी उदए । मन्त्रालयले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो ।

त्यस्तै, मन्त्रालयले तीन तहमा एक लाख ३७ हजार ६१४ कर्मचारी दरबन्दी स्वीकृत गरेको सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए । कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको हो ।

जसअनुसार संघमा ४८ हजार ४०९ कर्मचारी, सात प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ कर्मचारी खटिनेछन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनका क्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने भन्दै कर्मचारीको वृत्तिविकासमा बाधा नपुग्ने गरी नयाँ कानुन बनाइने बताए ।

उनले कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीको व्यवस्था हुनेगरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिइसकिएको जानकारी दिए 

प्रतिकृया दिनुहोस