ट्रयाक्टर दुर्घटनामा ६ जना घाइते, २ गम्भीर

Durghatana

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको सिक्रालमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्य दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी, विजय गिरी र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर छ । रामेछापको सदरमुकाम मन्थलीबाट रड र सिमेन्ट लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको उपचार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस