विप्लव कार्यकर्तालाई देशभर गिरफ्तारी तर सिन्धुपाल्चोकमा १७ नेता रिहा

Karagasr 12

सिन्धुपाल्चोक । प्रहरीले देशभर विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता गिरफ्तार गरीरहेको बेला सिन्धुपाल्चोकमा भने १७ नेता-कार्यकर्ता रिहा भएका छन् ।

प्रहरीले सांगठानिक कामको सिलसिलमा गिरफ्तार नेता-कार्यकर्तालाई रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।

उनीहरु सबैलाई चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले उक्त आरोप पुष्टी नभएको भन्दै केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलका अनुसार न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।

त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६/६ हजार धरौटीमा रिहा भएका छन् ।

कार्कीटार खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको थियो ।

प्रतिकृया दिनुहोस