फेसबुकले ह्वाइट नेशनालिजम र पृथकतावादलाई प्रतिबन्ध लगाउने

Facebooklogo

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ह्वाइट नेशनालिजम र सेपरेटिजम (पृथकतावाद) लाई प्रतिबन्ध लगाउने भएको छ । आफ्नो सञ्जालमा ह्वाइट नेशनलिजम र सेपरेटिजमको प्रशंसा, समर्थन र प्रतिनिधित्वलाई बन्देज गरिने फेसबुकले जनाएको छ ।

आउँदो हप्तादेखि यसको थालनी हुने फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकर बर्गले बताएका छन् । फेसबुकसँगै इन्स्टाग्राममा पनि यो नियम लागु हुनेछ । यस्तै बिद्रोही समूहका सामग्री पहिचान गरि त्यसलाई प्रतिबन्ध गर्ने क्षमता पनि परिस्कृत गर्ने फेसबुकले जनाएको छ ।

अपमानजनक शब्दहरु मार्फत सर्च गर्ने प्रयोगकर्ताहरुलाई फार–राइट एक्सट्रिमिजसँग लड्ने च्यारिटी संस्था तर्फ डाइभर्ट गरिने फेसबुकले जनाएको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि दबाब बढेको थियो । फेसबुकले यसअघि ह्वाइट नेशनलिस्ट (गोरा राष्ट्रवाद) केही सामग्रीलाई अनुमति दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस