पूर्वपरराष्ट्रमत्री थापालाई दोस्रोपटक सन्तान बियोग, अमेरिकामा तेजश्रीको निधन

Teejj shree 2

काठमाडौं । पूर्वपरराष्ट्रमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई लगातार दोस्रोपटक सन्तान बियोग खेप्नुपरेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले जेठी छोरी गुमाउनुपरेको छ ।

न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् ।

उनको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छ । तर, परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् ।

तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।

प्रतिकृया दिनुहोस