२ बालिकामाथि जबर्जस्ती गर्ने रिटायर्ड प्रहरी पक्राउ

Pakkrau

विराटनगर । इटहरीमा दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बूले ११ वर्षीया र ७ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिरहने र सोहि बहानामा उनीहरुमाथि गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए ।

लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक करणी गर्ने गरेको स्वीकारेको डिएसपी खरेलले जानकारी दिए ।

पीडितलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ । लिम्बूले चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक करणी गरेको बताइएको छ ।

बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो ।

त्यस्तै सोहि व्यक्तिले अन्य एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ ।

चैत्र १ गते लिम्बूले आफूसँग खेल्न आउने बालिकामध्ये ७ वर्षीय बालिकाको पनि संवेदनशील अंग छुने गरेको प्रहरीमा उजुरी परेको छ ।

चैत्र १० गते पक्राउ परेका लिम्बूलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस