अवैध लागुऔषधसहित इटहरीबाट २ जना पक्राउ

Pakrau 12

विराटनगर । लागुऔषसहित दुई युवालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।

अफिमको मिसावट भएका विभिन्न नामकका ट्याब्लेट औषधि बिक्री गर्दै गरेका युवालाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

इटहरीका अलगअलग स्थानबाट सोमबार प्रक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी समिरचद्र खरेलले जानकारी दिएका छन् ।

उनका अनुसार लागुऔषध प्रयोगकर्ता बनेर लागुऔषध खरिद गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सामान्यढंगले हेर्दा बिरामीले प्रयोग गर्ने औषधिजस्तो देखिए पनि यस्ता औषधिमा अफिमको मात्रा हुने गरेको प्रहरीले जनाएको छ । यसलाई मिसाएर खानेदेखि डोजसमेत बढाएर खाँदा लागुऔषधको काम गर्छ ।

डिएसपी खरेलले इटहरीमा लागुऔषध प्रयोग र बिक्री वितरण गर्नेको ठूलै समूह भएको हुँदा यि व्यक्तिमार्फत उक्त गिरोहसम्म पुग्ने विश्वास लिइएको बताए ।

इटहरी-४ को राजमार्गमा को ३३ प ५७२२ नम्बरको मोटर साइकल जाँच गर्दा पक्राउ गरेका मोरङ बवियाबृताका जीतेन्द्र राजवंशी इटहरी-४ हलगडामा बस्छन् ।

त्यस्तै पाँचथर घर भइ इटहरी-२ मा डेरा गरी बस्ने दिनेस संग्रौलाको कोठाबाट पनि लागुऔषध बरामत भएको हो ।

राजवंशीको साथबाट नाइट्रेजेपाम ट्यावलेट १ सय ८० पत्ता, ट्रामाडोल क्याप्सुल ४०० पत्ता रहेको छ ।

त्यस्तै उनको कोठाबाट समेत स्पासमेपिभन ५ सय ८४ क्याप्सुल, स्पापेन सीप्लस ८ सय ५० ट्वावलेटलगायत विभिन्न नामका औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सांग्रौलाको कोठाबाट भने ट्रामाडोल नामको औषधि ३ हजार २ सय ३० क्याप्सुल भेटिएको छ ।

प्रहरीले दुबैलाई लागुऔषध खरिद तथा बिक्री वितरणअन्तर्गत मुद्धा चलाइने बताएको छ ।

प्रतिकृया दिनुहोस