सरदसिंह भण्डारीले पाए राजपाको संयोजक, महाधिवेसन गर्ने जिम्मा भण्डारीकै काँधमा

Saradsing rajapa

काठमाडौं । चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन् ।

तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउने छैनन् । २०७४ साल वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसकेका छन् ।

महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि भण्डारीले संयोजकको जिम्मेवारी पाएका हुन् । चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ ।

गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस